ट्रेण्डिङ

ताजा अपडेट

 

कोहलपुर नगरपालिकाले जाडो मौसमका कारण दिएको बिदाको समयलाई सदुपयोग गर्दै कोहलपुरस्थित तक्षशिला एकेडेमीले आफ्ना विद्यार्थीहरूलाई उदाहरणीय र व्यावहारिक गृहकार्य दिएको छ।
जाडो बिदाको समयमा विद्यार्थीहरू खाली बस्ने होइन, जीवन उपयोगी सीप सिकून् भन्ने उद्देश्यसहित विद्यालयले घरायसी काम गरेको भिडियो बनाएर कक्षा शिक्षकलाई बुझाउनुपर्ने गृहकार्य दिएको हो। सोही गृहकार्यको आधारमा विद्यार्थीहरूको प्राक्टिकल मूल्याङ्कन गरिने व्यवस्था समेत गरिएको विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनका अनुसार, यो गृहकार्य जाडो मौसम र बिदा दुवैको सदुपयोग गर्दै विद्यार्थीहरूमा श्रम संस्कृतिको विकास, सहयोगको भावना र कर्तव्यबोध जगाउने उद्देश्यले तयार गरिएको हो। अहिलेको समयमा अभिभावकले सबै काम गरिदिने र विद्यार्थीहरूले सामान्य घरायसी कामसमेत नगर्ने प्रवृत्ति बढ्दै गएको अवस्थामा यस प्रकारको अभ्यास अत्यन्तै आवश्यक रहेको विद्यालयको ठहर छ।
यस विषयमा बोल्दै विद्यालयका प्रधानाध्यापक भीम रोकायाले जाडो बिदालाई केवल आरामको समय मात्र नभई जीवनको तयारी गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। उनले विद्यार्थीहरूमा कर्तव्यभन्दा अधिकार मात्र खोज्ने सोच बढ्दै गएको उल्लेख गर्दै, त्यसलाई परिवर्तन गर्न विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको स्पष्ट पारे।
प्रधानाध्यापक रोकायाका अनुसार, “पढाइको उद्देश्य विदेश जानु मात्र होइन, आफ्नै देशमा बसेर श्रमको सम्मान गर्दै सफल जीवन निर्माण गर्नु हो” भन्ने सन्देश विद्यार्थीहरूमा रोप्न यस किसिमको गृहकार्य प्रभावकारी हुने विश्वास विद्यालयले लिएको छ।
शिक्षा क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद्हरूको पहलमा स्थापना भएको तक्षशिला एकेडेमी, कोहलपुर ले शैक्षिक नतिजासँगै व्यवहारिक र जीवनोपयोगी शिक्षालाई प्राथमिकतामा राख्दै आएको सुविधासम्पन्न संस्थागत विद्यालय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech