Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौँ। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमै मदिरा सेवन गरी पालिकाकै कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ।
गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत लालबहादुर शाहीले उपाध्यक्ष शाहीले कार्यकक्षमै आफूलाई कुटपिट गरी घाइते बनाएको बताएका छन्। उनका अनुसार सेवाग्राहीको काम गरिरहेका बेला मदिरा सेवन गरी कार्यालय प्रवेश गरेका उपाध्यक्षले अनावश्यक गालीगलौज गर्दै हातपात गरेका हुन्।
पीडित शाहीले कुटपिटबाट आफ्नो कन्चटमा चोट लागेको र पछिल्लो चार–पाँच महिनादेखि उपाध्यक्षबाट निरन्तर धम्की दिइँदै आएको दाबी गरेका छन्। घटनापछि उनले प्रहरी चौकी जुनिचाँदेमा कुटपिटसम्बन्धी जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काका अनुसार उपाध्यक्ष शाहीविरुद्ध कुटपिटसम्बन्धी जाहेरी दर्ता भइसकेको छ। घटनामा संलग्न व्यक्तिमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।
यता उपाध्यक्ष शाहीले आफूबाट गल्ती भएको स्वीकार गर्दै सहमति भइसकेको दाबी गरेका छन्। तर पीडित कर्मचारीले उक्त सहमति अस्वीकार गर्दै दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेका छन्।
यसअघि पनि उपाध्यक्ष शाहीले मदिरा सेवन गरी कर्मचारीमाथि कुटपिट गरेको गुनासोहरू सार्वजनिक हुँदै आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech