ट्रेण्डिङ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
सीआईबीले नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोग तथा समन्वयमा काठमाडौंको ज्ञानेश्वरबाट ३० वर्षीय राजन राजवंशीलाई पक्राउ गरेको हो। राजवंशी ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको कोष्टको इन्फरमेशन टेक्नोलोजी प्रालिमा इन्टरनेट प्रयोग गरी अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएको अवस्थामा पक्राउ परेको सीआईबीले जनाएको छ।
पक्राउ परेका राजवंशी हाल काठमाडौं–४ धुम्बाराहीमा बसोबास गर्दै आएका झापाको बिर्तामोड–२ स्थायी घर भएका व्यक्ति हुन्। उनको साथबाट प्रहरीले विभिन्न प्रकारका आठ थान उपकरणहरू बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र यस किसिमका गैरकानुनी गतिविधिमा संलग्न अन्य व्यक्ति तथा सञ्जालको खोजी जारी रहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech