ट्रेण्डिङ

ताजा अपडेट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि गरिएको अमेरिकी सैन्य आक्रमणलाई साम्राज्यवादी हस्तक्षेपको संज्ञा दिएको छ। पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज एक विज्ञप्ति जारी गर्दै फरक राजनीतिक विचार र सत्ता सञ्चालनकै कारण अमेरिकाले भेनेजुएलामाथि हमला गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा अमेरिकाले लागुऔषध ओसारपसारको कृतिम आरोप लगाउँदै सार्वभौम राष्ट्र भेनेजुएलामाथि विध्वंसकारी सैन्य आक्रमण गरेको उल्लेख गरिएको छ। उक्त आक्रमणले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको भन्दै माओवादीले यस प्रकारको अतिक्रमणकारी कदमको घोर भर्त्सना गरेको छ।
महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकाले जे–जस्तो बहाना बनाए पनि समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता प्रणालीका कारण हमला गर्नु राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवअधिकारको ठाडो उल्लङ्घन हो।”
माओवादीले अमेरिकासँग तत्काल सैन्य आक्रमण रोक्न र समस्याको समाधान वार्ता तथा सहमतिबाट खोज्न माग गरेको छ। साथै, विश्वका राजनीतिक शक्तिहरू, मानवअधिकारवादी संघ–संस्था तथा नागरिक समाजलाई यस विषयमा सशक्त पहल गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech