ट्रेण्डिङ

कञ्चनपुर। सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्च सुरु गरेको छ ।
२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव) २०८२’को अवसरमा पौष २० गतेदेखि झापा जिल्लाको मेची पुल तथा कञ्चनपुर जिल्लाको गड्डाचौकी सीमा ईलाकाबाट पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम शुरु गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्चको सुरु गरेका हुन् । झण्डा मार्चमा सहभागी हुने सशस्त्र प्रहरीलाई राष्ट्रिय र संगठनको झण्डासहित पालले बिदाइ गरेका थिए ।
पालले सशस्त्र प्रहरी बलको स्थापना भएको २५ वर्षलाई ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व-पश्चिम झण्डा मार्च गरिन लागेको बताएका छन् । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका पनि झल्काउने विश्वास उनको छ ।
मार्चमा ३५ जनाको टोलीले पैदल यात्रा गर्नेछ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्नेछ । झापाबाट समेत आजैदेखि झण्डा मार्च सुरु भएको छ । पश्चिम र पूर्वबाट झण्डा मार्च गरेको सशस्त्रको टोलीले १९औँ दिनमा नवलपुरमा भेट गर्नेछ । नवलपुरमै विशेष समारोहको आयोजना गर्दै सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech