Surakshya Rastriya Dainik
शुक्रबार, २८ अगस्ट २०२६
ट्रेण्डिङ

काठमाडौं — नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी निवासी २८ वर्षीय रविकुमार श्रीवास्तव र बाराको कलैया उपमहानगरपालिका–२ कबलपुरका २८ वर्षीय गौरीशंकर यादव रहेका छन्।
यसअघि गत पुस १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट प्रहरीले ९३ हजार रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ गरेको थियो। सोही घटनासम्बन्धी थप अनुसन्धानका क्रममा श्रीवास्तव र यादवको संलग्नता खुलेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार यादवको संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा नक्कली नोट छाप्ने मुख्य व्यक्ति श्रीवास्तव भएको खुलासा भएको थियो। उनले नक्कली नोट छाप्न आवश्यक सामग्री भारतबाट ल्याउने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
श्रीवास्तव सामग्रीसहित नेपाल प्रवेश गर्न लागेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बारा प्रहरीसँग समन्वय गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका श्रीवास्तवको साथबाट भारतीय नम्बर प्लेटको बुलेट मोटरसाइकल, पाँच सय दरका ३१७ थान भारतीय रुपैयाँ, मोनिटर, प्रिन्टर, हेडफोन, माउस, किबोर्ड, १० थान केबल तार, मोबाइल फोन, सीपीयू, ८ थान लेजर टोनर, एक थान नक्कली पेस्तोल, लालीगुराँसको वाटरमार्क छापिएको ‘एक हजार’ लेखिएको १८० थान कागज तथा ७५ थान सादा कागज बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech