Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

धनगढी । कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध (खैरो हेरोइन) सहित सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार बिहान लम्कीचुहा नगरपालिका–१ स्थित लम्की चोकबाट रूपन्देहीको मायादेवी गाउँपालिका–३ का २३ वर्षीय बिनय मिश्रलाई १६ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। उनलाई इलाका प्रहरी कार्यालय लम्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
त्यसै दिन गोप्य सूचनाका आधारमा भजनी नगरपालिका–३ कुसमघाटबाट टिकापुर नगरपालिका–२ नयाँबस्तीका २४ वर्षीय निखिल शाह र लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय श्याम बमलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। दुवै जनालाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
यसैगरी, धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट गौरीगंगा नगरपालिका–४ राजिपुरका २२ वर्षीय बिबेक बराल र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का १९ वर्षीय नबिन सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट १८० मिलिग्राम लागूऔषध बरामद गरिएको जनाइएको छ।
सोमबार साँझ धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट २५ वर्षीय राजकुमार रानालाई ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने धनगढी उपमहानगरपालिका–३ चौराहाबाट २७ वर्षीय किसनलाल गुप्तालाई १ ग्राम १३० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। गुप्तालाई वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech