Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

२२ पौष २०८२ कोहलपुर ;  बाँके जिल्लामा बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यसहित बाँके ट्राफिक प्रहरीले नाटक प्रदर्शनमार्फत जनचेतना फैलाउने नयाँ आयामको सुरुवात गरेको छ। बाँकेको कोहलपुरमा संचालन भैरहेको कोहलपुर महोत्सव २०८२ को सार्वजनिक (मंच)स्थानमा प्रस्तुत गरिएको नाटकले ट्राफिक नियम पालनाको महत्त्वबारे सशक्त सन्देश दिएको छ।
कार्यक्रममा लाखौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाहिले जानकारी दिनुभएको छ। नाटक मार्फत हेल्मेट प्रयोग, सीट बेल्ट अनिवार्यता, गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदलयात्रीको सुरक्षा, तथा ट्राफिक संकेतको पालना जस्ता विषयलाई सरल र प्रभावकारी ढंगले प्रस्तुत गरिएको थियो।
बाँके ट्राफिक प्रहरी प्रमुख शाहीले सडक दुर्घटना केवल कानुनी कारबाहीले मात्र घट्न नसक्ने भन्दै व्यवहार परिवर्तन र सामूहिक जिम्मेवारी आवश्यक रहेको बताउनु भएको छ । उहाले थप्नु भयो“नाटकजस्तो सिर्जनात्मक माध्यमले सबै उमेर समूहलाई एकैचोटि सन्देश दिन सकिन्छ,” उहाले भन्नु भयो, “ नाटकले नियम पालना गर्ने संस्कार विकास गर्न मद्दत गर्छ।”
स्थानीय कलाकार , विगत लामो समयदेखि सडक सुरक्षा अभियान्ता एवम् संचारकर्मि दिनेश उपाध्याय र ट्राफिक प्रहरी कर्मचारीहरूको सहभागितामा प्रस्तुत नाटकले दर्शकलाई मनोरञ्जनसँगै चेतनामूलक सन्देश दिएको सहभागीहरूको प्रतिक्रिया छ। विद्यार्थी, चालक, व्यवसायी तथा अभिभावक साथै नागरिकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमको प्रभावकारिता झनै बढाएको प्रमुख शाहीले बताउनु भएको छ।
कार्यक्रमपछि ट्राफिक प्रहरीले आगामी दिनमा सबै निकाय विद्यालय–कलेज, समुदाय र यातायात व्यवसायीसँग सहकार्य गर्दै यस्ता सचेतनामूलक गतिविधि निरन्तर गर्ने योजना सार्वजनिक गरेको छ। साथै, दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन, प्रविधिको प्रयोग र समुदाय–प्रहरी साझेदारीलाई थप मजबुत बनाइने बताइएको छ।
यस प्रकारको नवीन पहलले बाँकेमा सडक सुरक्षा संस्कार विस्तार हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech