Surakshya Rastriya Dainik
सोमबार, २१ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

२५ पौष २०८२ कोहलपुर ;- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोहलपुर नगरपालिकाको प्रथम नगर अधिवेशनबाट राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ।
विहिबार कोहलपुरमा सम्पन्न अधिवेशनले श्रेष्ठलाई नगर सभापतिमा चयन गरेको हो। अधिवेशनले उपसभापति, सचिव, सहसचिव तथा सदस्यहरू समेत चयन गर्दै पूर्ण कार्यसमिति गठन गरेको छ।
नवनिर्वाचित नगर सभापति श्रेष्ठले पार्टीलाई कोहलपुर नगरपालिकामा संगठनात्मक रूपमा थप मजबुत बनाउने, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय तहका जनताका आधारभुत समस्यालाई केन्द्रमा राखेर पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने बताए।
अधिवेशन पार्टीका केन्द्रिय महामन्त्री कविन्द्र बुर्लाकोट्को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो। अधिवेशनमा जिल्ला तथा प्रदेशस्तरीय नेताहरूको उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै आम नागरिकको विश्वास जित्दै गएको उल्लेख गर्दै स्थानीय तहमा संगठन विस्तार महत्वपूर्ण रहेको धारणा राखे।
कार्यक्रममा कोहलपुर नगरपालिकाका विभिन्न वडाबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। अधिवेशनले आगामी दिनमा पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनतासँग प्रत्यक्ष जोडिने निर्णय समेत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै स्थानीय राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech