कोहलपुर (बाँके), २०८२/०९/२६
रारा मुगाली सेवा समाज, बाँके अन्तर्गत कोहलपुर नगरपालिका वडा नम्बर २, शक्ति टोलमा नयाँ कार्यसमिति गठन गरिएको छ। शनिबार सम्पन्न भेलाबाट भरत बहादुर शाहीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रबल शाही, सचिवमा मंगला मल्ल शाही, सह–सचिवमा छक्क मल्ल तथा कोषाध्यक्षमा मुगा देवी मल्ल चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा अंग बहादुर शाही, लोक बहादुर शाही, जेठ बहादुर शाही, उब्जा देवी शाही, श्रीजना मल्ल र धन बहादुर मल्ल रहनुभएको छ।
समाजका सल्लाहकारहरूमा कल बहादुर मल्ल, धरम बहादुर शाही र सर्जन बहादुर शाही चयन हुनुभएको छ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। यहाँहरूमा निहित अनुभव, क्षमता, इमान्दारिता र सेवाभावले समाजको एकता, सहकार्य तथा समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
समाजसेवा, सामाजिक न्याय, आपसी सद्भाव र विकासका कार्यहरूलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन नयाँ नेतृत्व सफल हुने अपेक्षा गरिएको छ। आगामी कार्यकाल प्रेरणादायी, उपलब्धिमूलक र समाजका लागि उदाहरणीय बन्ने विश्वास व्यक्त गरिएको छ।








