ट्रेण्डिङ

ताजा अपडेट

सिरहा । सिरहामा स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले उनलाई आज दिउँसो पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले भगवानपुर गाउँपालिका–४ राडीस्थित दशगजा क्षेत्र नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
चेकजाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० रुपैयाँ नगद बरामद गरिएको थियो। साथै उनले प्रयोग गरेको एक थान मोटरसाइकल र एक थान मोबाइल फोनसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका व्यक्ति तथा बरामद नगद आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech