Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको आरोप लगाउँदै ढुंगाना समूह सडक आन्दोलनमा उत्रिएको हो। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।
प्रदर्शनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अगुवा मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको दाबी गरे। उनले राजनीतिक दल र नागरिक समाजको सहभागितामा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याए।
“जब सिस्टम नै बिग्रिसकेको हुन्छ, तब केवल वैधानिकता खोजेर समाधान हुँदैन,” ढुंगानाले भने, “अहिले सबै पक्षबीच सहमति गरेर सर्वसहमतिको सरकार बनाएर मात्र निर्वाचनमा जानुपर्छ।”
उनका अनुसार सर्वपक्षीय सरकारमा नयाँ र पुराना सबै राजनीतिक शक्ति समेटिनुपर्छ तर सरकारको नेतृत्व पुराना शीर्ष नेताहरूले गर्न नहुने स्पष्ट अडान समूहको रहेको छ।
ढुंगानाले पुराना राजनीतिक दलका नेताहरूलाई सरकार प्रमुख नबनाइने सर्तमा मात्रै सर्वपक्षीय सरकार स्वीकार्य हुने बताए।
कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म, भावना र मागलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै ढुंगाना समूहले यसअघि पनि पटक–पटक आन्दोलन गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech