काठमाडौं । नेपाल प्रहरीमा १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले डीएसपीबाट एसपीमा बढुवा गर्न १६ जनाको नाम सिफारिस गरेको हो।
बढुवाका लागि सिफारिस हुने डीएसपीहरूमा पुष्पराज मल्ल, मर्धराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ लगायत रहेका छन्।
बढुवा सिफारिस सूची अनुसार बाँकी उम्मेदवारहरूको नाम पनि समावेश गरिएको छ। सिफारिसमाथि आवश्यक प्रक्रिया पूरा भएपछि अन्तिम निर्णय सार्वजनिक गरिने नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।








