Surakshya Rastriya Dainik
मंगलबार, २२ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कालिकोट — देशभक्त समाज पार्टीले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि कालिकोटबाट श्री प्रेमसिंह तिरुवा (अवीर) लाई उम्मेदवारको रूपमा अघि सारेको छ। तिरुवा विगत लामो समयदेखि राजनीतिसँगै खेलक्षेत्रमा पनि उल्लेखनीय सफलता, चर्चा र प्रशंसा बटुल्दै आएका व्यक्तित्व हुन्।
उनी मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी पनि हुन् र खेलक्षेत्रमा हासिल गरेको अनुशासन, नेतृत्व र संघर्षलाई अब सामाजिक सेवा र क्षेत्रीय विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार तिरुवाले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले जनताको आवाज संसदसम्म पुर्‍याएर कालिकोटको दीर्घकालीन विकासमा योगदान दिने दावी गरे।
देशभक्त समाज पार्टीको चुनाव चिन्ह ‘जरायो’ रहेको छ, जसलाई पार्टीले साहस, आत्मसम्मान र दृढ संकल्पको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। पार्टीले मतदातालाई आगामी निर्वाचनमा जरायो चिन्हमा मतदान गरी कालिकोटको विकास र समृद्धिमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech