Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

धनगढी । कैलालीमा लागूऔषधविरुद्ध गरिएको संयुक्त अपरेशनमा चार किलोभन्दा बढी चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा छापा मार्दै ४ किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट तथा १० हजार रुपैयाँ नगद बरामद गरेको हो।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ निवासी २८ वर्षीय हरिश बिष्ट, बझाङको केदारस्युँ गाउँपालिका–७ निवासी ४५ वर्षीय जनकबहादुर धामी र कैलालीको गौरीगंगा नगरपालिका–१ लठैया निवासी ४६ वर्षीय नन्दलाल उपाध्याय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech