ट्रेण्डिङ

कोहलपुर, पुस ३० —
कोहलपुर नगरपालिका वडा नं. २ स्थित बर्दहवा गाउँको शिव मन्दिर परिसरमा दोस्रो माघी मिलन कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।
“राष्ट्रिय एकता वा विविधता, हमार शान — थारु भाषा संस्कृति बचाउना हमार अभियान” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम पुस ३० गते २०८२ सालमा सम्पन्न हुने आयोजकले जनाएको छ।
थारु समुदायको मौलिक पहिचान, भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा थारु सांस्कृतिक झाँकी, मौलिक नृत्य, गीत, भेषभूषा प्रदर्शन तथा विविध सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।
कार्यक्रम बर्दहवा टोल विकास समितिको आयोजनामा हुन लागेको हो। आयोजक समितिले सम्पूर्ण स्थानीयवासी, समाजसेवी, बुद्धिजीवी, युवा तथा सांस्कृतिक प्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech