ट्रेण्डिङ

बाँके। आगामी प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नं. १ बाट दिवाकर शर्मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। भ्रष्टाचार अन्त्य, शिक्षा र स्वास्थ्य क्षेत्रमा सम्पूर्ण नेपालीको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित आफू उम्मेदवार बनेको शर्माले बताएका छन्।
उनले राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै “हामी अभियान” मार्फत जनतासँग प्रत्यक्ष जोडिने प्रयास भइरहेको बताए। शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा सुधार नगरी देशको समग्र विकास सम्भव नभएकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ छ।
यसैगरी, श्रम संस्कृतिको पुनर्जागरण गर्न सबै नागरिकले हप्तामा एक दिन अनिवार्य श्रम गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्ने प्रस्ताव शर्माले अघि सारेका छन्। यस्तो श्रम अभियानले समुदायस्तरमा विकास, आत्मनिर्भरता र सामाजिक एकता बलियो हुने उनको विश्वास छ।
स्थानीय तहदेखि केन्द्रसम्म देखिएको भ्रष्टाचारले विकासलाई अवरुद्ध गरेको उल्लेख गर्दै शर्माले पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न आफू प्रतिबद्ध रहेको बताए। स्वतन्त्र उम्मेदवारका रूपमा जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उनको दाबी छ।
चुनावी अभियानका क्रममा उनी विभिन्न स्थानमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। समर्थकहरूले स्वतन्त्र र इमानदार नेतृत्वको आवश्यकताबारे चर्चा गर्दै शर्मालाई समर्थन जनाइरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech