ट्रेण्डिङ

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टी सभापति र महामन्त्री पदमा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ।
विशेष महाधिवेशनले सभापतिमा गगनकुमार थापा तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको हो।
पार्टी विधानअनुसार सभापतिमा एक जना र महामन्त्रीमा दुई जनाको व्यवस्था रहेको छ। तोकिएको समयसीमाभित्र सभापतिमा थापा र महामन्त्रीमा पौडेल तथा घिमिरेको मात्रै मनोनयन दर्ता भएपछि उनीहरू सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्।
यसअघि महामन्त्री पदका लागि विश्वप्रकाश शर्माले पनि उम्मेदवारी दिने चर्चा चलेको थियो। तर अन्तिम समयमा उनले उम्मेदवारी नदिएपछि महामन्त्री पदमा दुई जनाको मात्र मनोनयन परेको थियो।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै कांग्रेसभित्र आगामी राजनीतिक कार्यदिशा र संगठन सुदृढीकरणमा नयाँ गति आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech