ट्रेण्डिङ

राप्रपा कोहलपुर नगर अध्यक्ष,- ”

 

राष्ट्रिय प्रजातन्त्र पार्टि का केन्द्रिय अध्यक्ष ज्यु लाई खुला पत्र :-

श्रदेय अध्यक्ष ज्यु
राप्रपा केन्द्रिय कार्यालय, काठमाण्डौ

महोदय,

जनताप्रति उत्तरदायी पार्टी पनि तेज रफ्तारमा चल्ने अरवी घोडा बन्नुपर्दछ, यसमा ब्रेक लाग्यो भने पार्टी लुलो हुन्छ, एजेण्डा धुलो हुन्छ, राप्रपालाई जलगैडाबाट निकालेर अरवी घोडा बनाउन राप्रपाको एजेण्डा भित्र रहि तेज रफ्तारमा वोक्ने बायुयानको पाइलट बन्न तयार हुनुपर्दछ ! जेन्जि आन्दोलन पछि को यो बिषम् परिस्थिति लाई नजरअन्दाज नगरि यो देशलाई अगाडि बढाउन अभिबाकिय संस्था को रुपमा राजसंस्था, सनातन हिन्दु राष्ट्र र प्रदेश बिगठन् को मुद्दालाई किनारा मा छोडेर फेरि यहि व्यवस्था र यिनै दल संग सहकार्य गरेर एकाध् मान्छे ले साँसद् मन्त्रि को बिल्ला भिर्दैमा हाम्रो उदेश्य र बिचार स्थापना हुदैन !

अहिलेको निर्वाचन र निर्वाचन प्रणालि यसैको उपज् हो र मुख्य उदेश्य भनेकै हाम्रा केहि पात्रहरुको प्रसिद्दि र पैसा को पछाडि लाग्ने लालचि हरुको कम्जोरिलाई मलजल गर्दै हाम्रो एजेन्डा बाट स्खलित गराउन रातदिन नभनि योजनवद्द रुपमा अगाडि बढिरेहेका मुखुन्डो हरुलाई पराजित गर्न पनि यो चुनाव बहिष्कार गर्नु पर्दछ, अहिलेको चुनाव न हाम्रो देशको लागि उपयुक्त छ न हाम्रो एजेण्डा र पार्टिको लागि ! ७८ जनाको आलो रगत सडकमा बगाउदै शहिद् हुनु भएका बिरहरुको आत्म शान्ति यो मुलुक मा चुनाव गराएर, तिनै रक्त पिपासु हरु ( शेरे, प्रचण्ड र केपि ) लाई पुनः स्थापना गराएर हुदैन ! र तिनिहरुकै मतियार बन्न राप्रपा लाई छु:ट् छैन !

र अन्त्यमा… २०८४ को चुनाव मा राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्छौ भन्ने नारा त जनताले पत्याईसके, अव कुन नारा लिएर हामि जनता माझ जाने ? आम नागरिक लाई के भनेर सम्झाउने ?
र यो पनि- यि सबै प्रश्नहरुको जवाफ मा राष्ट्रघाति, स्वार्थि र देशको भलो नचाहने हरुले समुहगत् रुपमा आ-आफ्नो बिचार ले रक्षात्मक भुमिका निर्वाह गर्लान् तर एक्लै भएर छातिमा हात् राखेर सम्झिनुहोला अनि आफुले आफुलाई नढाँटेर जवाफ खोज्नुहोला, के चुनाव मा जान उचित हो ? धन्यवाद्

अर्जुन जंग शाह
नगरअध्यक्ष, राप्रपा कोहलपुर  “

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech