कोहलपुर (बाँके) — तक्षशिला एकेडेमी बाँकेको आयोजनामा तथा केयर सिटी अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। उक्त स्वास्थ्य शिविर तक्षशिला एकेडेमीमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा अन्य इच्छुक सर्वसाधारणका लागि लक्षित गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य शिविरमा केयर सिटी अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकहरूद्वारा नि:शुल्क स्वास्थ्य परीक्षण गरिनेछ। शिविरमा स्त्री तथा प्रसूति रोग, कन्सल्टेन्ट फिजिसियन, नवजात शिशु तथा बाल रोग, ग्यास्ट्रो तथा हेपाटो–बिलियरी सर्जरी जस्ता सेवाहरू उपलब्ध हुनेछन्।
स्वास्थ्य शिविरमा सहभागी हुने विशेषज्ञ चिकित्सकहरूमा
डा. राजन महत (स्त्री, प्रसूति तथा ल्याप्रोस्कोपिक सर्जन),
डा. उज्ज्वल अर्याल (कन्सल्टेन्ट फिजिसियन),
डा. विष्णु कुमार थापा (नवजात शिशु तथा बाल रोग विशेषज्ञ)
र डा. सन्दीप रेग्मी (ग्यास्ट्रो तथा हेपाटो–बिलियरी सर्जन) रहनु भएको छ।
आयोजकका अनुसार शिविर २०८२ साल माघ महिनाको ७ गते, बिहान १० बजेदेखि साँझ ३ बजेसम्म तक्षशिला एकेडेमी, विधानगर–१०, कोहलपुर, बाँके मा सञ्चालन हुनेछ।
तक्षशिला एकेडेमी बाँके परिवारले समुदायको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस स्वास्थ्य शिविरमा उपस्थित भई सेवा लिन सबैलाई आग्रह गरेको छ।
थप जानकारीका लागि
☎ 081-541848, 9858021936, 9858042296, 9764307374
🌐 www.takshashilaacademy.edu.np







