Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

कोहलपुर, बाँके ।
स्वाधीन जनसरकार र जनसंविधानको पक्षमा फागुन २१ गते हुने पुजीवादी संसदीय चुनाव बहिष्कारको आह्वान गर्दै संयुक्त संघर्ष समितिको आयोजनामा कोहलपुरमा विरोध प्रदर्शन सम्पन्न भएको छ।
मिति ०५ माघ २०८२ का दिन साझा चोक, कोहलपुर मा आयोजित उक्त प्रदर्शन दिउँसो २ बजे सुरु भई २:३५ बजे सम्पन्न भएको हो। प्रदर्शनमा सहभागीहरूले विभिन्न देशभक्तिपूर्ण नाराहरू लगाउँदै संसदीय व्यवस्था जनताको हितविरुद्ध रहेको आरोप लगाएका थिए।
उक्त विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बाँके जिल्ला इन्चार्ज शक्ति, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ब्यूरो इन्चार्ज दीपक शाही, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का ब्यूरो इन्चार्ज अनन्त लगायत थुप्रै नेता, कार्यकर्ता तथा सर्वसाधारण जनताको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनमा सहभागी विभिन्न दलहरूमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, वैज्ञानिक समाजवाद पार्टी नेपाल, नेकपा जनपक्ष, नेकपा, समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका थिए।
कार्यक्रम शान्तिपूर्ण तथा भव्य रूपमा सम्पन्न भएको आयोजक संयुक्त संघर्ष समितीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech