Surakshya Rastriya Dainik
आइतबार, ९ अगस्ट २०२६
ट्रेण्डिङ

 

नेपालगन्ज — लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०१ निवासी ४६ वर्षीय विशाल दुलाल र सोही उपमहानगरपालिका वडा नं. १८ निवासी ३७ वर्षीय युवराज रश्मी रहेका छन्।

ब्यूरोले दिएको जानकारी अनुसार आज मिति २०८२ साल १० महिना ०६ गते साँझ करिब २०:४५ बजेको समयमा नेपालगन्जका विभिन्न स्थानमा खैरो हेरोइन बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा अपरेशन सञ्चालन गरिएको थियो। सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ०१ धम्बोझी चोक क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दुवै जनालाई फेला पारी कानुन बमोजिम शरीर खानतलासी गरेको थियो।

खानतलासीका क्रममा विशाल दुलालको पाइन्टको दाहिने खल्तीभित्र लुकाइ राखिएको अवस्थामा लागू औषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको खैरो हेरोइनलाई मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा शुद्ध तौल २८ ग्राम १२० मिलिग्राम रहेको थियो।

लागू औषधसहित डिजिटल तराजु थान १ र मोबाइल फोन थान २ समेत बरामद गरिएको ब्यूरोले जनाएको छ। बरामद लागू औषध तथा सामग्रीसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जका प्रमुख नविन कुमार शाहीको कमाण्डमा उक्त अपरेशन सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ। ब्यूरोले लागू औषधको अवैध कारोबार नियन्त्रण गर्न यस्ता अपरेशनलाई निरन्तरता दिइने र लागू औषध कारोबारमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech