ट्रेण्डिङ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राति काठमाडौंको मूलपानी क्षेत्रमा गोली प्रहार गरी काठमाडौं उपत्यकामा रातिको समयमा लुटपाट आतंक मच्चाउँदै आएको एक आपराधिक समूहलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका १० जना सबै पटके अपराधी हुन् र उनीहरू एकै रातमा चार वटासम्म लुटपाटमा संलग्न हुँदै आएका थिए। उक्त समूहको मुख्य नाइके विनय तामाङ रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरी स्रोतका अनुसार तामाङको समूहले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा लुटपाट गर्दै आतंक फैलाउँदै आएको थियो। हालसम्म उनीहरू २२ वटा लुटपाटका घटनामा संलग्न रहेको प्रमाण फेला परेको छ।
काभ्रे स्थायी घर भएका तामाङ यसअघि पनि लुटपाट आरोपमै पक्राउ परेका व्यक्ति हुन्। उनी भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जको हिरासतबाट फरार भएका थिए।
समूहले साँझपख हिँड्ने महिलाहरूको कानको गहना लुट्ने तथा एकान्त स्थानमा मानिसहरूलाई आक्रमण गरी लुटपाट गरेर मोटरसाइकलमार्फत फरार हुने गरेको प्रहरीको भनाइ छ।
प्रहरी अनुसन्धानअनुसार उनीहरूले साह्रखुट्टेमा चार वटा, बौद्ध क्षेत्र, महाराजगन्ज, गौशाला तथा भक्तपुरको थिमी क्षेत्रमा लुटपाट गरेका थिए।
बुधबार राति पक्राउ गर्ने क्रममा प्रहरीमाथि प्रतिकार भएपछि गोली चलाउनुपरेको र सो क्रममा विनय तामाङको दायाँ खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। हाल उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
पक्राउ परेका सबै १० जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech