ट्रेण्डिङ

काठमाडौं । वर्तमान दलाल पूँजीवादी सत्ताले जनताको हितमा काम गर्न नसकेको आरोप लगाउँदै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी जिल्ला समिति बाँकेले निजि  विद्यालयका शिक्षकहरूमाथि भइरहेको श्रम शोषणप्रति गम्भीर आपत्ति जनाएको छ।
अखिल क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भ्रष्ट, दलाल र माफियाको हातमा सत्ता पुगेकाले जनतामाथि अन्याय, अत्याचार, दमन र शोषण बढ्दै गएको उल्लेख गरिएको छ। यसै कारण जनता आजित भइसकेको र संगठन जनजीविकाका सवाल, शिक्षा क्षेत्रको आमूल रूपान्तरण तथा विद्यमान वेथितिविरुद्ध निरन्तर संघर्षरत रहेको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा निजी विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरू न्यून तलब, असुरक्षित भविष्य र श्रम शोषणको चपेटामा परेको उल्लेख गर्दै सरकारद्वारा तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य रूपमा दिनु राज्यको कानुनी दायित्व भएको स्मरण गराइएको छ।
निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सम्मानजनक र उचित तलब उपलब्ध गराउन संस्थागत विद्यालयका सञ्चालकहरूलाई चेतावनी दिइएको छ। यदि तत्काल समस्या समाधान नगरिएमा संगठन जस्तोसुकै संघर्ष गर्न पनि बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech