Surakshya Rastriya Dainik
आइतबार, २६ जुलाई २०२६
ट्रेण्डिङ

काठमाडौं । सरकारले नेपाल प्रहरीका कर्मचारीलाई उपलब्ध गराइँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल तथा दैनिक भत्तासम्बन्धी व्यवस्थालाई परिमार्जन गर्दै उक्त निर्णय गरेको हो ।

सो निर्णय आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइने सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी गराए ।

हालका लागि रासन रकम कति बढाइने भन्ने विवरण सार्वजनिक गरिएको छैन। सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि संशोधित व्यवस्था लागू हुने अर्यालले बताए ।

नेपाल प्रहरीले सशस्त्र प्रहरी भन्दा ४ प्रकारका रासनभत्ता कम पाउने गरेको छ ।

काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दिनको करिब दुई सय रासनभत्ता पाउने गरेका छन् । दुई पटकको खाना र एक पटकको खाजाका लागि त्यो रकम दिने गरिएको छ।

प्रहरीको रासनभत्ता २०७८ सालयता बढ्न सकेको थिएन । त्यतीबेला पनि जम्मा १५ प्रतिशत बढेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech