Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं । लामो प्रयासपछि नेपाल प्रहरीको रासनमा रहेको विभेद हटेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको रासन स्केल वृद्धि गर्ने निर्णय गरेको हो।
निर्णयअनुसार यसअघि १६ प्रकारका खाद्य सामग्री पाउँदै आएका प्रहरी कर्मचारीले अब १९ प्रकारका खाद्य सामग्री प्राप्त गर्नेछन्। रासन स्केल बढेसँगै प्रहरीको रासन भत्ता करिब १० प्रतिशतले वृद्धि हुने भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अब प्रहरीले पाउने चामलको मात्रा पनि बढाइएको छ। हाल दैनिक ६९० ग्राम चामल पाउँदै आएका प्रहरी कर्मचारीले अब ७२० ग्राम चामल पाउनेछन्।
त्यसैगरी, हप्तामा एकवटा अण्डा, २५ ग्राम कुखुराको मासु र २५ ग्राम ऊर्जा बिस्कुट थप उपलब्ध गराइनेछ। यी सुविधा यसअघि सशस्त्र प्रहरी बलका कर्मचारीले पाउँदै आएका थिए।
जेन–जी आन्दोलनपछि नेपाल प्रहरीमा रहेको रासनसम्बन्धी विभेद हटाउन प्रहरी प्रधान कार्यालयले प्रक्रिया अघि बढाएको थियो। नयाँ निर्णयपछि प्रहरी कर्मचारीलाई थोरै भए पनि राहत पुगेको बताइएको छ।
यसअनुसार औसतमा प्रहरीको रासन भत्ता मासिक करिब ६ सय रुपैयाँले बढ्नेछ। हाल काठमाडौं उपत्यकामा कार्यरत प्रहरीले दैनिक २०१ रुपैयाँ २५ पैसा रासन भत्ता पाउँदै आएकोमा अब २२१ रुपैयाँ ९१ पैसा पाउनेछन्।
यो निर्णयले प्रहरी संगठनभित्र मनोबल बढाउन केही हदसम्म प्रोत्साहन पुगेको विश्वास लिइएको छ। प्रहरीको रासन भत्ता वृद्धि गर्न आईजीपी दानबहादुर कार्कीले विशेष पहल गरेका थिए। प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि नै उनी प्रहरीका सेवा–सुविधा विस्तारमा सक्रिय रहँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech