१६ माघ २०८२ काठमाडौं ;- नेपाल प्रहरीका कर्मचारीहरूको आर्थिक सुरक्षा, कल्याण तथा आत्मसम्मान अभिवृद्धि गर्ने उद्देश्यले हालै गरिएको निर्णयलाई संगठनभित्र मात्र होइन, आम समाजले समेत सकारात्मक रूपमा लिएको छ। यस निर्णयले प्रहरी सेवामा कार्यरत कर्मचारीहरूको कार्यक्षमता र कार्यप्रभावकारितामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाले प्रहरी कर्मचारीहरूको पोषण तथा स्वास्थ्यस्तरमा सुधार ल्याउँदै उनीहरूको मनोबल उच्च बनाउने विश्वास गरिएको छ। मनोबल सुदृढ हुँदा अनुशासन, सेवाप्रतिको प्रतिबद्धता र जिम्मेवारीबोध अझ मजबुत हुने विज्ञहरूको धारणा छ। यसले प्रहरी संगठनको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनेछ।
त्यसैगरी, संगठनभित्रको सकारात्मक वातावरणले प्रहरी कर्मचारीहरूको आत्मसम्मानको अनुभूति बढाउनुका साथै संगठनप्रतिको आवद्धता दर (Retention Rate) मा समेत उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। कर्मचारीहरू सुरक्षित र सम्मानित महसुस गर्दा दीर्घकालीन रूपमा संगठनमै योगदान दिन चाहने प्रवृत्ति बढ्ने देखिन्छ।
यस निर्णयले आम रूपमा सकलदर्जाहरूमा अनुशासन र संस्थागत छविलाई समेत थप सुदृढ बनाउने विश्वास गरिएको छ। प्रहरी संगठनको व्यावसायिकता, पारदर्शिता र सेवामुखी छवि बलियो हुँदै जाँदा नागरिक–प्रहरी सम्बन्ध अझ प्रगाढ बन्ने अपेक्षा गरिएको छ।
समग्रमा, नेपाल प्रहरीका कर्मचारी लक्षित यो निर्णयलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण र दूरदर्शी कदमका रूपमा हेरिएको छ, जसले सुरक्षा निकायलाई अझ सक्षम, अनुशासित र जनमुखी बनाउने आधार तयार गर्नेछ।







