ट्रेण्डिङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक उम्मेदवार खुश्बु ओलीले उक्साउने तथा गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक हुने चेतावनी दिएकी छन्।
आगामी निर्वाचनमा अराजकता होइन, स्थायित्व रोज्नुपर्ने बताउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। ओलीले गल्ती स्वीकार गर्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट पन्छिनु अझ गम्भीर अपराध भएको टिप्पणी गरेकी छन्।
नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानका आधारमा बनेको राष्ट्र भएको उल्लेख गर्दै उनले विभाजनको राजनीतिभन्दा एकताको पक्षमा उभिन मतदातालाई आग्रह गरिन्।
उनले लेखेकी छन्, ‘उक्साउने र गैरजिम्मेवार अभिव्यक्तिबाट समाजलाई विभाजन गर्ने राजनीति खतरनाक छ। गल्ती स्वीकार्नुको सट्टा प्रविधिको नाममा जिम्मेवारीबाट भाग्नु झन् गम्भीर अपराध हो। नेपाल मेलमिलाप, सहिष्णुता र सांस्कृतिक सम्मानमा बनेको राष्ट्र हो। यो चुनावमा अराजकता होइन, स्थायित्व रोजौँ। विभाजन होइन, एकताको पक्षमा मतदान गरौँ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech