Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका विभिन्न किसिमका सामान बरामद गरेको छ।
प्रहरीले विभिन्न समयमा बाँके जिल्लाका विभिन्न स्थानहरूबाट भारतदेखि नेपालतर्फ तस्करी गरी ल्याइएका लत्ता–कपडा, खाद्यान्न सामग्री, सुर्तीजन्य पदार्थ, मोबाइल डिस्प्ले, हटकेशलगायतका सामान नियन्त्रणमा लिएको हो।
बरामद सामानको अन्दाजी मूल्य रु. ४१ हजार ७ सय रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। नियन्त्रणमा लिइएका सम्पूर्ण सामानहरूलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय, नेपालगञ्ज (बाँके) मा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार भन्सार छलि हुने अवैध कारोबार नियन्त्रणका लागि जिल्लाभर निगरानी तथा चेकजाँच कार्यलाई थप कडाइ गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech