Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालस्थित एक घरबाट एक करोड रुपैयाँभन्दा बढी मूल्यका सुन तथा चाँदीका गरगहना चोरी भएको छ।
प्रहरीका अनुसार रिन्जी लामाको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना चोरी भएको हो। मंगलबार दिउँसो घरधनी कपडा धोएर छतमा सुकाउन गएको मौकामा चोरी भएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।
घटनामा संलग्न व्यक्ति हाल फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। चोरीको घटनाबारे थप अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अनुसन्धान अघि बढाएका छन्।
प्रहरीले घटनाबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech