Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत घुस प्रकरणमा सरकारी साक्षी बनेका दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतले मोही जग्गा दर्ताका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रकरणमा सरकारी साक्षी बसेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङविरुद्ध मुद्दा चलाइएको आयोगले जनाएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी तामाङद्वयले आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयानविपरीत विशेष अदालतमा बकपत्र गरेको ठहर अख्तियारले गरेको छ।
आयोगका अनुसार साविक चाँगुनारायण गाविस–५ ‘ख’ अन्तर्गत कित्ता नम्बर २८६ र २८९ को जग्गा बाँडफाँड तथा नामसारी सहजीकरण गरिदिने भन्दै कर्मचारीसँगको मिलेमतोमा घुस लेनदेन भएको तथ्य पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech