
नेपालगन्ज — नेपालगन्जका लागि iCAUR सवारी साधनको आधिकारिक विक्रेता सिद्धार्थ लिंक प्रा.लि.ले बहुप्रतीक्षित iCAUR V23 लाइफस्टाइल इलेक्ट्रिक एसयूभी (SUV) औपचारिक रूपमा सार्वजनिक गरेको छ। आकर्षक रेट्रो–लुक्स र अत्याधुनिक साइबर–टेक इन्जिनियरिङको संयोजन रहेको यो विद्युतीय एसयूभी नेपालगन्जस्थित ओमोडा एण्ड जेइको (Omoda & Jaecoo) शोरूममा आयोजित विशेष कार्यक्रममा अनावरण गरिएको हो।


सार्वजनिक कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, उपाध्यक्ष चिरञ्जीवी ओली, विभिन्न व्यवसायी, सञ्चारकर्मी, ग्राहक तथा एसपीजी अटोमोबाइल्स प्रा.लि.का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। लन्च कार्यक्रमले अटोमोबाइलप्रेमी, वातावरणमैत्री सवारीप्रति चासो राख्ने उपभोक्ता तथा स्थानीय मिडियाको ध्यान आकर्षित गरेको थियो।
“Born to Play” अवधारणामा डिजाइन गरिएको iCAUR V23 एक रेट्रो–प्रेरित पूर्ण विद्युतीय अफ–रोड एसयूभी हो। क्लासिक र लक्जरी डिजाइनलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै तयार पारिएको यो मोडल परम्परागत पेट्रोल गाडीको दिगो, स्टाइलिस र वातावरणमैत्री विकल्पका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ। यसको बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
प्राविधिक रूपमा iCAUR V23 मा ५१.३ kWh क्षमताको CATL (LFP) ब्याट्री र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म (CLTC मापदण्डअनुसार) यात्रा गर्न सक्ने क्षमता राख्दछ। २२० एमएम ग्राउन्ड क्लियरेन्स, क्लासिक गोलो हेडलाइट र बक्सि डिजाइनले यसलाई शहरका सडकदेखि अफ–रोड यात्रासम्म उपयुक्त बनाएको छ।
सुविधाको कुरा गर्दा, गाडीमा १५.६ इन्चको प्रिमियम इन्फोटेन्मेन्ट डिस्प्ले, लेभल–२ ADAS (Advanced Driver Assistance System), ASEAN–NCAP 5 Star Safety Rating, बहु एयरब्यागलगायतका अत्याधुनिक सुरक्षा विशेषताहरू समावेश छन्। पछाडिको सिट फोल्ड गर्दा ७४४ लिटरसम्मको विशाल ट्रंक स्पेस उपलब्ध हुने भएकाले यो गाडी पारिवारिक तथा एडभेन्चर यात्राका लागि समेत उपयोगी मानिन्छ।
प्रिमियम लाइफस्टाइल सेग्मेन्टमा प्रतिस्पर्धात्मक रूपमा ल्याइएको iCAUR V23 को डेलिभरी चाँडै सुरु गरिने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकहरूले टेस्ट ड्राइभ तथा थप जानकारीका लागि गणापुर–६, नेपालगन्जस्थित OMODA & JAECOO शोरूममा सम्पर्क गर्न सक्ने संचालकले जानकारी दिएका छन्।





