ट्रेण्डिङ

ताजा अपडेट

कोहलपुर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर १ मा एउटा फरक र ऐतिहासिक राजनीतिक अभ्यासको सुरुवात भएको छ। जेन्जी (Gen-Z) युवाहरूको आयोजनामा कोहलपुरमा उम्मेदवारहरूलाई प्रत्यक्ष जवाफदेही बनाउन ‘ओपन फोरम’ सार्वजनिक कार्यक्रम आयोजना गरिने भएको हो।
कार्यक्रमको पूर्वसन्ध्यामा उम्मेदवारहरूसँग ‘सार्वजनिक कार्यसम्पादन करार’ तथा शपथपत्रमा हस्ताक्षर र सहमति संकलन गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आयोजकका अनुसार हालसम्म बाँके क्षेत्र नम्बर १ का ३ जना उम्मेदवारले यस ऐतिहासिक करारमा हस्ताक्षर गरिसकेका छन् भने बाँकी ११ जनासँग छलफल र सहमति संकलनको प्रक्रिया जारी छ।
के छ शपथपत्रमा?
उम्मेदवारले हस्ताक्षर गर्ने उक्त ५ बुँदे शपथपत्रमा औपचारिक स्वघोषणा, KPI (मुख्य कार्यसम्पादन सूचक), सम्पत्ति विवरण, सदाचार र सबैभन्दा महत्त्वपूर्ण—’नैतिक राजीनामा’ को प्रावधान राखिएको छ।
यस नयाँ अवधारणाअनुसार, निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालको आधा समय (३० महिना) भित्र आफ्ना चुनावी प्रतिबद्धताको कम्तीमा ५० प्रतिशत काम सुरु वा सम्पन्न गर्न नसकेमा, आफूलाई असफल स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्नेछ। यो प्रावधानले नेताहरूलाई केवल चुनावी भाषणमा मात्र सीमित हुनबाट रोक्ने विश्वास गरिएको छ।
यस अभियानको नेतृत्व गरिरहेकाGen-Z प्रतिनिधि प्रदीप पौडेल का अनुसार, यो अभियानको मूल मर्म राजनीतिलाई स्थिर र नैतिक मूल्यमा आधारित बनाउनु हो। “हामी उम्मेदवारलाई केवल भोट माग्न मात्र होइन, कामको ग्यारेन्टी गर्न पनि बाध्य पार्दैछौँ,” अभियान पक्षले जनाएको छ।
अबको केही दिनभित्रै कोहलपुरमा आयोजना हुने ‘ओपन फोरम’ मा उम्मेदवारहरूले आफ्ना कार्ययोजना (KPI Form) सार्वजनिक गर्नेछन्। त्यसपछि आयोजना हुने ‘सार्वजनिक खुल्ला बहस’ मा स्थानीय नागरिक र युवाहरूले उम्मेदवारसँग सिधा प्रश्नोत्तर गर्नेछन्।
बाचा पूरा नगरे पद छाड्नुपर्ने यो ‘जेन्जी’ पुस्ताको कडा अडानले बाँके क्षेत्र नम्बर १ का उम्मेदवारहरूमाझ नयाँ किसिमको नैतिक दबाब सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech