ट्रेण्डिङ

सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकल र्‍याली निकाल्दै हो–हल्ला तथा आतंक मच्चाएको आरोपमा प्रहरीले ‘खतरनाक खोपडी’ (द डेन्जरस स्कल) नामक समूहका २५ जना सदस्यलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सार्वजनिक शान्ति सुव्यवस्था तथा निर्वाचन सुरक्षामा खलल पुर्‍याउने गतिविधिमा संलग्न भएको आरोपमा उक्त समूहका सदस्यहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार उनीहरू हातमा कालो र सेतो झण्डा बोकेर मोटरसाइकल र्‍याली निकाल्दै वीरेन्द्रनगर बजार क्षेत्रमा हो–हल्ला गर्दै हिँडिरहेका थिए। शनिबार दिउँसो करिब २ बजेतिर वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबीटबाट तीनकुने चोकतर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र नगर प्रहरी कार्यालयबाट खटिएको करिब ३० जनाको संयुक्त टोलीले र्‍यालीमा प्रयोग गरिएका ८ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैलाई हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ। उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर तथा सुरक्षा संवेदनशीलतासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech