बाँके ।
बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीय नरेन्द्र कुर्मी र २८ वर्षीय दिपु बर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुर क्षेत्रबाट शनिबार राति ४८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार नरेन्द्र कुर्मी जानकी गाउँपालिका–३ इन्द्रपुरका स्थायी बासिन्दा हुन् भने दिपु बर्मा हाल नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बस्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जनाविरुद्ध आज बाँके जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ







