नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा लागू औषध चेकजाँचका क्रममा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
मिति २०८२/१०/२४ गते इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दाङ जिल्ला गढवा गाउँपालिका–४ बस्ने ३० वर्षीय हिमाल केसी र दाङ जिल्ला घोराही उपमहानगरपालिका–३ बस्ने २७ वर्षीय सरद खड्का रहेका छन्। उनीहरूको साथबाट शुद्ध तौल ४८ ग्राम ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई सम्मानित बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







