Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

रौतहट/चन्द्रपुर।
आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की सहायक निरीक्षक (असई) भएको बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्दै आएकी ३५ वर्षीया निर्मला महतोलाई माघ ४ गते रौतहटको चन्द्रपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
प्रहरीका अनुसार निर्मलाले लामो समयसम्म आफ्नो वास्तविक पहिचान लुकाउँदै नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनाम प्रयोग गरी ठगी धन्दा चलाउँदै आएकी थिइन्। उनले भन्सारका कर्मचारीसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्न थालेकी थिइन्।
अनुसन्धानका क्रममा उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएको खुलेको छ। सोही नक्कली परिचयपत्र प्रयोग गरी माछापुच्छ्रे बैंकमा खाता खोलेर नक्कली हस्ताक्षरमार्फत चेक दिई रकम ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।
त्यसैगरी, निर्मलाले चन्द्रपुरका एक सुनचाँदी व्यवसायीबाट २ लाख ७४ हजार रुपैयाँ बराबरको गरगहना उधारो लिई नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाउँदै ५ लाख रुपैयाँ सापटी लिएको तथा किराना पसल र गाडी भाडा बापत १ लाख २६ हजार रुपैयाँ ठगी गरेको पाइएको छ।
पीडितको विश्वास जित्न उनले आफू प्रहरी भएको भन्दै नक्कली परिचयपत्रसमेत देखाउने गरेको अनुसन्धानमा खुलेको छ। माघ ४ गते पक्राउ परेपछि पनि उनले लामो समयसम्म आफ्नो वास्तविक पहिचान खुलाउन नमानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विभिन्न कागजात तथा बैंक खातासम्बन्धी अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुल्न सकेको र हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech