ट्रेण्डिङ

ताजा अपडेट

पर्सा । पर्सामा अवैध कपडाको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
आज बिहान वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा सञ्चालन भइरहेको अवैध कपडाको गोदाममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज तथा वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको हो।
छापाका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरिएको थियो। बरामदपछि आक्रोशित तस्कर समूहले ढुंगामुढा गर्दै सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि दुवै पक्षबीच झडप भएको थियो। झडपका क्रममा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्।
आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एक वान–टेन र एक स्कार्पियो गाडीमा समेत क्षति पुगेको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। घाइते सशस्त्र प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ।
बरामद गरिएको अवैध सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको र घटनामा संलग्न तस्करमाथि कानुनी कारबाही गरिने डिएसपी थापाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech