Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

 

२७ माघ २०८२ नेपालगन्ज बाँके ;- नेपाली कांग्रेस बाँकेद्वारा आयोजित वृहत् जिल्ला भेला शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको यस भेलामा पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
भेलामा नेपाली कांग्रेसका उप–सभापति तथा प्रमुख अतिथि विश्वप्रकाश शर्माको विशेष उपस्थितिले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो। सम्बोधनका क्रममा उनले लोकतन्त्र, समाजवाद र राष्ट्रियताप्रति नेपाली कांग्रेसको अटुट प्रतिबद्धता दोहोर्‍याउँदै संगठनलाई थप सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन नेतृत्वदेखि कार्यकर्तासम्म एकताबद्ध भएर लाग्न आग्रहसमेत गरे।
निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समितिको आयोजनामा सम्पन्न भेलामा जिल्लाका विभिन्न पालिकाबाट आएका प्रतिनिधिहरूले संगठन सुदृढीकरण, चुनावी रणनीति, जनजीविकाका सवाल र स्थानीय मुद्दाबारे धारणा राखेका थिए। सहभागीहरूले यस भेलालाई विचार आदान–प्रदान, संगठनात्मक समीक्षा र नयाँ ऊर्जा थप्ने सफल प्रयासका रूपमा मूल्यांकन गरेका छन्।
नेपाली कांग्रेस बाँकेले यस प्रकारका कार्यक्रमले जिल्लामा पार्टीको एकता, सक्रियता र जनआधारलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। पार्टी नेतृत्वले आगामी दिनमा पनि यस्ता भेला तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech