ट्रेण्डिङ

काठमाडौं । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुल र स्वदेशवादी अभियान ले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै विदेशी एजेन्डामा निर्माण हुने सरकार स्वीकार नगर्ने स्पष्ट घोषणा गरेका छन्।
दुवै संस्थाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै देशमा बढ्दो राजनीतिक अस्थिरता, विवाद र अनिश्चितताप्रति चिन्ता व्यक्त गरेका छन्। विज्ञप्तिमा आगामी सरकार नेपाली जनताको हितविपरीत हुने ठहर गरिएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “विदेशीको एजेन्डामा निर्माण गरिने आगामी सरकार नेपाली जनताको हितमा नभएको ठहर गर्दै हामी आगामी सरकारलाई स्वीकार गर्दैनौं।”
त्यसैगरी, गत भदौ २४ गते भएका हत्या, हिंसा र आगजनीका घटनामा संलग्न योजनाकारहरूलाई कानुनी दायरामा नल्याई चुनाव गराउनु ‘चुनाव धोका’ हुने दाबी गरिएको छ। विज्ञप्तिमा उल्लेख छ, “भदौ २४ गतेको हत्या–हिंसा र आगजनीमा संलग्न योजनाकारहरुलाई कानुनी दायरामा नल्याई गरिने चुनाव धोखा भएको हाम्रो ठहर हो।”
यसैबीच, संस्थाहरूले पूर्व प्रधानन्यायाधीशलाई वर्तमान संविधानले नचिन्ने भन्दै उनको नेतृत्वमा हुने निर्वाचन प्रक्रिया अवैध हुने निष्कर्ष निकालेका छन्। साथै, वर्तमान सरकारलाई ‘अपहरणकारी’को संज्ञा दिँदै यसले चुनाव गराउने नैतिक तथा संवैधानिक अधिकार नराख्ने आरोप पनि लगाइएको छ।
विज्ञप्तिमा चुनावी परिणामले नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदानजस्तो बनाउने परिस्थिति सिर्जना हुन सक्ने चेतावनी दिँदै यस्तो अवस्था सहन नसकिने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech