ट्रेण्डिङ

ताजा अपडेट

 

 

०१ फागुन २०८२ रुकुम पूर्व ; – जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले माघ महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई “BEST POLICE OF THE MONTH” घोषणा गरी सम्मान गरेको छ।

कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) उमाशंकर प्रसाद यादवले एक विशेष कार्यक्रमका बीच मुद्दा शाखामा कार्यरत प्रहरी सहायक हवल्दार घनश्याम रोकालाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्नुभएको हो।

प्रहरी सहायक हवल्दार रोकाले आफ्नो जिम्मेवारी क्षेत्रमा उच्च व्यावसायिकता, इमान्दारिता तथा समर्पणका साथ कार्य सम्पादन गर्दै आएका कारण उहाँलाई उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ। मुद्दा फर्छ्यौट, अनुसन्धान कार्य तथा सेवा प्रवाहमा देखाएको सक्रियता र दक्षताले संगठनको प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै कार्यालय प्रमुख यादवले प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै प्र.ना.उ. यादवले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई समय–समयमा सम्मान तथा प्रोत्साहन गर्नु संगठनको मनोबल अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशासित, जिम्मेवार र सेवामुखी ढंगले कार्य गर्न प्रेरित गर्दै आगामी दिनमा अझ उत्कृष्ट परिणाम हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

सम्मानित भएपछि प्रहरी सहायक हवल्दार रोकाले आफूलाई प्रदान गरिएको सम्मानले थप जिम्मेवारी बोध गराएको बताउँदै आगामी दिनमा पनि इमान्दारी र कर्तव्यनिष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग) ले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई मासिक रूपमा सम्मान गर्दै आएको छ। यस कदमले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, कार्यप्रेरणा तथा सेवाको गुणस्तर अभिवृद्धिमा टेवा पुगिरहेको कार्यालयले जनाएको छ।

यस किसिमको सम्मान कार्यक्रमले प्रहरी संगठनमा पारदर्शिता, उत्तरदायित्व र उत्कृष्टता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीको धारणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech