ट्रेण्डिङ

काठमाडौं ।
सशस्त्र प्रहरी बलले सुनसरी जिल्लाबाट पेस्तोल र लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई शुक्रबार साँझ सुनसरीको जमुवास्थित सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनी भारतीय नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका थिए।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार पासवानको साथबाट इटालीमा निर्मित पेस्तोल र सोको तीन राउन्ड गोली बरामद गरिएको छ। साथै, उनको साथबाट १०० ग्राम ब्राउनसुगर, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० समेत फेला परेको जनाएको छ।
पक्राउ परेका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech