ट्रेण्डिङ

रोल्पा — रोल्पामा तालिमका क्रममा निर्वाचन प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जना प्रहरी प्रशिक्षकमाथि विभागीय कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रशिक्षक प्रहरी जवान आरके खड्का र तिलक घर्ती मगरले तालिममा रहेका दुई समूहका गरी १ सय ४ जना निर्वाचन प्रहरीमाथि अचानक कुटपिट गरेका थिए। घटनामा संलग्न दुवै प्रशिक्षकमाथि ग्रेड रोक्का गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत सोमबार बेलुकी खाना खुवाएर बास बस्ने स्थानतर्फ जाँदै गरेका निर्वाचन प्रहरीलाई बाटोमै फर्काएर जथाभावी कुटपिट गरिएको थियो। कुटाइबाट घाइते भएका १६ जनालाई उपचारका लागि रोल्पा अस्पताल पुर्‍याइएको थियो।
अस्पतालका अनुसार अधिकांश घाइतेका ढाड, खुट्टा र हातमा चोट लागेको छ।
घटना सुरुमा गोप्य राखिएको भए पनि नागरिक समाजको दबाबपछि चार दिनपछि मात्रै कुटपिटमा संलग्न प्रशिक्षकमाथि कारबाही गरिएको हो।
यस घटनाले तालिमको नाममा हुने दुव्र्यवहार र प्रहरी संगठनभित्रको अनुशासनमाथि प्रश्न उठाएको छ। स्थानीय नागरिक तथा अधिकारकर्मीहरूले यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech