ट्रेण्डिङ

काठमाडौं। अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित रूपमा सम्पन्न गराउन निर्देशन दिएका छन्।
महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उनले नेपाली सेनाका सकल दर्जालाई यस्तो निर्देशन दिएका हुन्।
सकल दर्जालाई शुभकामनासहित सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गर्ने क्रममा निर्वाचनलाई पनि व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक प्रक्रियाको संरक्षण र नागरिकको सुरक्षामा सेना प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रममा उनले नेपालको गौरवमय इतिहास, परम्परा र संस्कृतिबारे नयाँ पुस्तालाई अवगत गराउन सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन निर्देशन दिएको जानकारी सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको छ।
यसै अवसरमा प्रधानसेनापति सिग्देलले कर्तव्य पालनाका क्रममा प्राण उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। त्यसैगरी, छाउनीस्थित वीर स्मारकमा वीरगति प्राप्त सैनिकका परिवारसँग भेटघाट गर्दै सम्मान व्यक्त गरेका छन्।
सेना दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा उच्च सैनिक अधिकारी, पूर्वसैनिक तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech