Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका छन्।
प्रहरीका अनुसार चितवन बाट काठमाडौं आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टमा रोकी खानतलासी गरिएको थियो। सो क्रममा कारभित्र रहेको कालो झोलामा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र चार राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।
बरामद हतियारसहित कारका चालक पुरीलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको हो। गत शुक्रबार पक्राउ परेका उनीमाथि हतियार सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको र आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech