Friday, October 23, 2026

ताजा अपडेट

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आह्वान गरेको नेपाल बन्दका कारण मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा विद्यालयहरू बन्द भएका छन्।
अधिकांश विद्यालयहरूले सोमबार साँझ नै सूचना जारी गर्दै विद्यार्थी तथा अभिभावकलाई मंगलबार विद्यालय बन्द रहने जानकारी गराएका थिए। बन्दका कारण शैक्षिक गतिविधि प्रभावित भएका छन् भने केही स्थानमा सवारी साधनको आवागमनसमेत आंशिक रूपमा प्रभावित भएको छ।
पार्टीले फागुन २१ गते हुने निर्वाचन स्थगित गर्नुपर्ने माग गर्दै नेपाल बन्दको घोषणा गरेको जनाएको छ। सो पार्टीका अनुसार निर्वाचन रोक्दै सर्वपक्षीय राजनीतिक सम्मेलन आयोजना गर्न सरकारलाई आग्रह गरिएको छ।
त्यस्तै, पार्टीले स्वाधीन संयुक्त सरकार गठन, जनसंविधान निर्माण, राष्ट्रिय स्वाधीनताको रक्षा, साथै स्वास्थ्य, शिक्षा र यातायात निःशुल्क गर्नुपर्ने माग अघि सारेको छ।
सरकारको तर्फबाट भने हालसम्म बन्दबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech