Friday, November 6, 2026

काठमाडौं, ०५ फागुन २०८२ — नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले विभिन्न प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित उक्त कार्यक्रममा सूचना सम्प्रेषण प्रक्रिया, सूचनामा अपनाउनुपर्ने सतर्कता तथा समसामयिक विषयमा विस्तृत छलफल गरिएको थियो। प्रहरी नायव महानिरीक्षक काफ्लेले पत्रकार सम्मेलन तथा प्रेस विज्ञप्तिमा देखिने प्रवृत्तिहरू, सूचनाको हकसम्बन्धी संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत विषयमा उपस्थित अधिकृतहरूलाई जानकारी दिनुभयो।
उहाँले सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका आधिकारिक माध्यमहरू, सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० तथा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी व्यवस्थाबारे समेत स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै काफ्लेले नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचना सधैं सत्य, वस्तुनिष्ठ र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो। सामाजिक सञ्जाल प्रयोगमा थप सतर्कता अपनाउँदै सकारात्मक सोच, जनविश्वास र जनाधार अभिवृद्धि गर्ने गरी सूचना सम्प्रेषण गर्न निर्देशन दिनुभएको थियो।
कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं सूचना अधिकारीहरूको प्रत्यक्ष उपस्थिति रहेको थियो। साथै सातै प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रवक्ता एवं सूचना अधिकारीहरूको भर्चुअल सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech