Surakshya Rastriya Dainik
शुक्रबार, ९ अक्टोबर २०२६
ट्रेण्डिङ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले हवाई फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।
गए राति करिब १० बजे वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले कारबाही गरेको हो।
प्रहरीका अनुसार चिङ्गाड गाउँपालिका–४ निवासी अन्दाजी ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनलाई नियन्त्रणमा लिन खोज्दा चन्दले प्रहरीमाथि हातपात तथा आक्रमण गर्दै ठूलो मात्रामा ब्राउनसुगरसहित भाग्न खोजेका थिए।
स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई गरिएको खानतलासीका क्रममा शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि म्याद थप गरिएको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech