Surakshya Rastriya Dainik
बुधबार, १६ सेप्टेम्बर २०२६
ट्रेण्डिङ

काठमाडौं । निर्वाचन आयोग नेपाल ले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षता प्रभावित हुन सक्ने जोखिम रहेको भन्दै सरोकारवालाहरूलाई सचेत रहन आग्रह गरेको छ।
आयोगले सामाजिक सञ्जालमार्फत गलत सूचना सम्प्रेषण नगर्न तथा नगराउन आम सञ्चार माध्यमसहित सम्बन्धित पक्षलाई अनुरोध गरेको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी तयार गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा प्रकाशन नगर्न आग्रह गरे। उनले यस्ता सामग्रीले निर्वाचन प्रक्रियाको निष्पक्षता र विश्वसनीयतामा असर पार्न सक्ने बताए।
प्रविधिको तीव्र विकाससँगै एआईमार्फत सिर्जना गरिएका भ्रामक सामग्रीको जोखिम बढ्दै गएको उल्लेख गर्दै आयोगले निर्वाचनलाई मर्यादित, स्वच्छ र निष्पक्ष बनाउन सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech