ट्रेण्डिङ

ताजा अपडेट

 

 

बाँके । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीसँगै बाँके निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी रङमा रंगिएको छ। गुलाफको फूल चुनाव चिन्ह बोकेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का युवा उम्मेदवार दिपक बुढाथोकीको सक्रियतासँगै क्षेत्र ‘गुलाफमय’ बन्दै गएको देखिन्छ।

जेन्जी पुस्ताका उम्मेदवार बुढाथोकीले गाउँ–गाउँ र टोल–टोलमा पुगेर घरदैलो कार्यक्रम तीव्र बनाएका छन्। उनी मतदातासँग प्रत्यक्ष संवाद गर्दै रोजगारी सिर्जना, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार र स्थानीय विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइरहेका छन्।

घरदैलो अभियानका क्रममा युवादेखि जेष्ठ नागरिकसम्मको उल्लेख्य सहभागिता देखिएको छ। स्थानीय बासिन्दासँग समस्याबारे प्रत्यक्ष छलफल गर्दै समाधानको आश्वासन दिने शैलीका कारण बुढाथोकीप्रति आकर्षण बढ्दै गएको समर्थकहरूको भनाइ छ।

चुनाव नजिकिँदै जाँदा बाँके–१ मा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ। नयाँ पुस्ताको नेतृत्वप्रतिको उत्साह र गुलाफ चिन्हप्रतिको समर्थनले यस क्षेत्रको चुनावी माहोललाई थप उर्जाशील बनाएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech